काठमाडौँ, १४ बैशाख । अभिनेता दीपकराज गिरी र दीपाको आगामी फिल्म ‘छ माया छपक्कै २’ को छायांकन आजदेखि सुरु भएको छ छन् । त्यसअघि बिहान भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा शुभसाइत पूजा गरियो ।
यो फिल्म सन् २०१९ को चर्चित फिल्म ‘छ माया छपक्कै’को दोस्रो श्रृंखला हो । सामाजिक-राजनीतिक कथावस्तुको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् ।
दीपकराज र दीपेन्द्रले पटकथा लेखेका हुन् । यो फिल्म पोखरा, नुवाकोट र काठमाडौंमा छायांकन हुनेछ । सोमबार बिहान सामाजिक सञ्जालबाट दीपकराजले ३ जना कलाकार सार्वजनिक गर्दै छायांकन सुरु भएको जनाएका छन् ।





