काठमाडौँ, १४ बैशाख । बजारमा गोलभेँडाको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्यवृद्धि भएको हो ।
भारतबाट आयात हुने ठूलो गोलभेँडाको मूल्य हिजो आइतबारको तुलनामा आज आज प्रतिकिलो १० रुपैयाँले बढेको छ । आइतबार भारतीय ठूलो गोलभेँडाको मूल्य न्यूनतम ९० र अधिकतम १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै औसत मूल्य ९५ थियो ।
आज यो गोलभेँडा न्यूनतम १ सयदेखि अधिकतम १ सय १० र औसत मूल्य १ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै आइतबार न्यूनतम ५५ देखि अधिकतम ६५ र औसत ५९ रुपैयाँमा बिक्री भएको लोकल गोलभेँडा सोमबार पनि सोही न्यूनतम र अधिकतम मूल्यमा कारोबार भइरहेको छ ।
भारतीय सानो गोलभेँडा आइतबार न्यूनतम ५० देखि अधिकतम ६० र औसत ५६ रुपैयाँ रहेकोमा सोमबार बढेर न्यूनतम ५४ देखि अधिकतम ६३ र औसत ५८ रुपैयाँ कायम छ ।






