जापानमा महँगीको असर ‘भेन्डिङ मेसिन’ बजारमा

एजेन्सी, १४ बैशाख । जापानमा ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय पदार्थहरूको माग घट्दै गएको छ ।

जसले लामो समयदेखि चलिआएको भेन्डिङ मेसिन संस्कृतिमै असर पारेको छ । जापानमा भेन्डिङ मेसिनहरू हुलाक, पार्क, रेल स्टेसन, सडक किनार मात्र होइन, माउन्ट फुजीजस्ता दुर्गम स्थानहरूमा समेत पाइन्छन् । तर अहिले महँगीका कारण उपभोक्ताको क्रय क्षमतामै प्रभाव परेकाले यो व्यवसाय दबाबमा परेको छ ।

भेन्डिङ मेसिनमा सामान्यतया पेय पदार्थ, स्न्याक्स, चुरोट, खाना वा अन्य साना सामानहरू राखिएका हुन्छन् । पछिल्ला वर्षहरूमा जापानमा महँगी निकै बढेको छ, जसले पेय पदार्थ उद्योगमा समेत प्रत्यक्ष असर पारेको छ ।

इन्धन, ढुवानी, विद्युत् र मर्मत खर्च बढ्दा भेन्डिङ मेसिन सञ्चालन महँगो भएको छ । साथै, मेसिनहरूमा सामान भर्ने, मर्मत गर्ने र व्यवस्थापन गर्ने जनशक्तिको खर्च पनि बढेको छ । यी सबै कारणले कम्पनीहरूको नाफा पनि घट्दै गएको छ ।

नाफा घट्दै गएपछि ठूला कम्पनीहरूले भेन्डिङ मेसिनको प्रयोगलाई घटाउँदै लगेका छन् । केही कम्पनीहरूले हजारौं मेसिन हटाउने निर्णय गरिसकेका छन्, केहीले आफ्नो भेन्डिङ व्यवसाय नै बिक्री गर्ने तयारी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास गरेका छन्

काठमाडौँ, १४ बैशाख । सरकारले देशको आर्थिक अवस्थाबारेको स्वेतपत्र सार्वजनिक भएको छ । सरकारले ल्याएको शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा

काठमाडौँ, १४ बैशाख । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले संविधान संशोधन कार्यदल बनाएको छ । आज केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपाको केन्द्रीय

काठमाडौँ, १४ बैशाख । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीचको पुन: भाडा सम्झौता हुने बताएका