सरोकारवालासँग छलफल नगरी कुनै पनि विधेयक अगाडि बढ्दैन : अध्यक्ष दाहाल

काठमाडौँ, १३ बैशाख । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि नबढने बताएका छन् ।

आज काठमाडौँमाँ साना तथा मझौला व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै पनि विधेयक सरोकारवालाहरूसँग छलफल गरेर मात्रै अघि बढाउने प्रणालीको बलजफती सुरुवात गर्न आफूहरू सफल भएको बताएका हुन् ।

उनले भने, ‘तपाईंहरूलाई अनौठो लाग्नसक्छ । बलजफती हामीले केसम्म अहिले गर्न सकेका छौं भने कुनै पनि विधेयक आयो र छलफल गर्दाखेरि सम्बन्धित सरोकारवालालाई ल्याएर त्यो विधेयकको छलफलको पहिलो दिन नै सरोकारवालाका समस्या, उनीहरूका भावना, मनोविज्ञानलाई समेट्नुपर्छ भन्ने एउटा सिस्टमको अहिले सुरुवात भएको छ । जसले सरोवालासँग छलफल नगरी विधेयक अगाडि बढ्दैन । तर त्यो बन्दाखेरी कताकताबाट बन्छ भन्ने स्थिति छ । मन्त्रीलाई सोध्यो आएको छ, मैले त प्रस्तुत गरेँ भनेको हुन्छ । यस्तै अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ बैशाख । शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।  प्रहरीका अनुसार भारी वर्षाका

काठमाडौँ, १३ बैशाख । पछिल्लो २४ घण्टामा दुई हजार चार सय ९२ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्

कैलाली, १३ बैशाख । कैलालीमा एक वृद्ध मृत फेला परेका छन् । शनिबार जानकी गाउँपालिका–९ कतासे स्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको

काठमाडौँ, १३ बैशाख । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२