काठमाडौँ, १३ बैशाख । गायिका रचना रिमाल आज बिहान उनी झापा उड्न तयार थिइन् । तर, मौसम खराबीका कारण उनी गन्तव्यमा पुग्न सकिनन् । उनको प्लेन जनकपुरमा ल्यान्ड भयो ।
अहिले सामाजिक सञ्जालमा उनले जनकपुरको टर्मिनलमा कुरिरहेको भिडियो हालेकी छिन् । विमानमा यात्रा गर्दा खराब मौसम सधैं च्यालेन्जिङ हुने गर्छ । यस पटक गायिका रिमाल त्यसैको मार्कामा परेकी हुन् ।
हिजो शनिबार नै उनको झापा जानु पर्ने थियो । तर, खराब मौसमका कारण उनी हिजो जान सकिनन् । उडेको केही समयपछि नै उनी चढेको प्लेन काठमाडौँ फर्किएको थियो ।
जनकपुरमा ठूलो पानी परिरहेको देखिन्छ । कालो बादल आकाशमा मडारिरहेको देखिन्छ । भिडियोमा उनले अब गाडीबाट गन्तव्यमा जान लागेको बताएकी छिन् ।






