जबरजस्ती वार्ता नगर्ने इरानको अडान

एजेन्सी, १३ बैशाख । इरानका राष्ट्रपति मसुद पेजेशकियानले अमेरिकाको दबाब र धम्कीका बीच इरान जबरजस्ती वार्तामा प्रवेश नगर्ने स्पष्ट पारेका छन् ।

इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकाष्टिङ (आईआरआईबी) अनुसार उनले यस्तो धारणा व्यक्त गरेका हुन् । 

पाकिस्तानका प्रधानमन्त्रीशहबाज शरिफसँग टेलिफोन संवादका क्रममा पेजेशकियानले अमेरिकाका हालका कदमहरूले विश्वासको वातावरण कमजोर बनाएको र वार्ताको सम्भावनालाई जटिल बनाएको बताएका थिए । उनका अनुसार वाशिङ्टनले शत्रुतापूर्ण गतिविधि र सञ्चालनात्मक दबाब अन्त्य नगरेसम्म प्रगति कठिन रहनेछ ।

उनले विशेष रूपमा इरानी बन्दरगाहमा आवतजावत गर्ने जहाजमाथि लगाइएको नाकाबन्दी हटाउनुपर्ने उल्लेख गर्दै त्यस्तो कदमले मात्र समस्या समाधानतर्फ वातावरण बनाउन सकिने बताएका छन् । त्यसैगरी, प्रधानमन्त्री शरिफले पाकिस्तानले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न इमान्दार प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत इरानले विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल इस्लामाबाद पठाएकोमा आभार पनि व्यक्त गरेका थिए । उक्त इरानी प्रतिनिधिमण्डल शनिबार पाकिस्तान भ्रमण सकेर ओमानको मस्कट पुगेको छ, जहाँ थप क्षेत्रीय वार्ता जारी रहने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ बैशाख । अमेरिकाले नेपाली सेनालाई १०० मिलियन डलर (१५ अर्ब चार करोड रुपैयाँ) बराबरको छवटा हेलिकोप्टर सहायता स्वरूप प्रदान

पोखरा, १३ बैशाख । गण्डकी प्रदेश सरकारले संक्रामक रोग नियन्त्रण र उपचारका लागि पाँच करोड रुपैयाँको ‘आपत्कालीन कोष’ निर्माण गर्ने

काठमाडौँ, १३ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १३ बैशाख । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate