गण्डकी सरकारद्वारा ‘आपत्कालीन कोष’ स्थापना

पोखरा, १३ बैशाख । गण्डकी प्रदेश सरकारले संक्रामक रोग नियन्त्रण र उपचारका लागि पाँच करोड रुपैयाँको ‘आपत्कालीन कोष’ निर्माण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले नयाँ सरुवारोग वा महामारी फैलिएको अवस्थामा तत्काल खर्च गर्ने गरी उक्त कोष स्थापना गरिएको हो । यो कोषको रकम ५३ प्रकारका शीघ्र संक्रामक रोगहरूको नियन्त्रण र उपचारमा प्रयोग गरिनेछ ।

सरकारले क्यान्सर, मुटुलगायत गम्भीर रोगबाट पीडित १९७ जना बिरामीलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । ती बिरामीका लागि कुल एक करोड ७५ लाख रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ बैशाख । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीका पूर्वअध्यक्ष मनमोहन अधिकारीको व्यक्तित्व र योगदानको चर्चा गर्दै उनलाई ‘अविचलित निष्ठाको

एजेन्सी, १३ बैशाख । अमेरिकामा शनिबार राति आयोजित ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका क्रममा गोली चलेको छ । गोली चलेपछि राष्ट्रपति डोनाल्ड

काठमाडौँ, १३ बैशाख । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, १२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई संसदीय दलको नेता चयन गर्न सकस परेको छ । निर्वाचन प्रक्रिया