ह्वाइट हाउस ‘करेस्पोन्डेन्ट्स डिनर’मा गोली चल्यो

एजेन्सी, १३ बैशाख । अमेरिकामा शनिबार राति आयोजित ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका क्रममा गोली चलेको छ ।

गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसहित देशका शीर्ष नेताहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको छ । 

घटनापछि जेडी भान्स र ट्रम्पको मन्त्रिपरिषद्का अन्य सदस्यहरूलाई पनि सुरक्षाकर्मीहरूले तुरुन्तै सुरक्षित स्थानतर्फ लगेका थिए । प्रारम्भिक विवरणअनुसार राष्ट्रपति, उपराष्ट्रपति तथा मन्त्रिपरिषद्का सदस्यहरू सबै सुरक्षित रहेका छन् । 

एक सुरक्षा अधिकारीले कार्यक्रमस्थलमा बन्दुकधारीले गोली चलाएको पुष्टि गरेका छन् । सीएनएनका अनुसार, राष्ट्रपति ट्रम्प पूर्ण रूपमा सुरक्षित छन्, भने प्रशासनका एक अधिकारीले मन्त्रिपरिषद्का सबै सदस्यहरू सकुशल रहेको बताएका छन् । 

रिपोर्टहरूका अनुसार, डिनर चलिरहँदा युनाइटेड स्टेट्स सेक्रेट सर्भिसका एजेन्टहरूले ‘गोली चलेको’ भन्दै चेतावनी दिएका थिए । त्यसपछि रेडियो सन्देशमार्फत एक शंकास्पद आक्रमणकारीलाई हिरासतमा लिइएको जानकारी गराइएको उल्लेख छ । 

घटनापछि कार्यक्रमस्थल वासिङटन हिल्टनको बैंक्वेट हललाई सुरक्षाकर्मीहरूले घेरा हालेका थिए । सयौँ पाहुनाहरू ज्यान जोगाउन टेबलमुनि लुकेका थिए, भने सुरक्षाकर्मीहरूले मानिसहरूलाई तल झुक्न र सुरक्षित मार्गतर्फ जान निर्देशन दिएका थिए । 

प्रत्यक्षदर्शीहरूका अनुसार, पाँचदेखि आठ राउन्डसम्म गोली चलेको आवाज सुनिएको थियो । ट्रम्पको भाषणको प्रतीक्षामा रहेका सयौँ वरिष्ठ पत्रकार, सेलिब्रेटी तथा राष्ट्रिय नेताहरूबीच हललाई तत्काल खाली गराइएको थियो । 

घटनापछि नेसनल गार्डका सदस्यहरूले भवनभित्र सुरक्षा व्यवस्था थप कडा पारेका छन् । मानिसहरूलाई भवनबाट बाहिर जान अनुमति दिइए पनि पुनः प्रवेशमा रोक लगाइएको छ । होटेल बाहिरको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ र वरपरको क्षेत्रलाई सुरक्षा घेरामा राखिएको छ । यस प्रतिष्ठित कार्यक्रममा अमेरिकी सरकारका उच्च पदस्थ अधिकारीहरू, पत्रकारहरू र सार्वजनिक व्यक्तित्वहरूको व्यापक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । विराटनगर महानगरपालिका–१६ ब्रह्माटोलमा एक पुरुष कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । स्थानीय ४० वर्षीय बब्लु श्रेष्ठ

काठमाडौँ, १६ असोज । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने

काठमाडौँ, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १६ असोज । कैलालीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक