अमेरिकी अधिकारीको पाकिस्तान भ्रमण रद्द भएको ट्रम्पको घोषणा

काठमाडौँ, १३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि अमेरिकी अधिकारी पाकिस्तान जाने योजनाबद्ध भ्रमण रद्द गरेका छन् ।

इरानको प्रतिनिधिमण्डल इस्लामावादबाट निस्केको केही समयपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना दूत स्टिभ विटकफ र जारेड कुश्नरको पाकिस्तान भ्रमण रद्द गरेको बीबीसीले जनाएको छ । 

यसैबीच, इरानी विदेश मन्त्री अब्बास अरागची इस्लामावादबाट फर्किएका छन्  । उनले आफ्नो इस्लामावाद भ्रमणका क्रममा पाकिस्तानी सेना प्रमुख आसिम मुनीर र प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गरेका हुन्  । अरागची ओमानको राजधानी मस्कट गएको एएफपीले जनाएको छ । 

मध्यपूर्व युद्ध अन्त्य गर्न पाकिस्तानी मध्यस्थकर्ताहरूले नयाँ वार्ताका लागि दबाब दिएपछि अमेरिकी वार्ताकारको आगमन हुनुअघि इरानका विदेशमन्त्री हिजो इस्लामावादबाट बाहिरिएका हुन् । इरानले जारी गरेको वक्तव्यमा अराघचीले पाकिस्तानलाई उसको प्रयासका लागि धन्यवाद दिएका छन् । 

उनले युद्धविरामसँग सम्बन्धित पछिल्लो घटनाक्रम र इरानमाथि ‘थोपरिएको’ युद्धको पूर्ण अन्त्यका सम्बन्धमा देशको सैद्धान्तिक अडानबारे जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १३ बैशाख । पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । हुलाकी सडकखण्डअन्तर्गत गएराति भएको सवारी दुर्घटनामा

काठमाडौँ, १३ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई ५० हजार

काठमाडौँ, १३ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १३ बैशाख । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ