काठमाडौँ, १२ बैशाख । सरकारले आजबाट काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती खाली गराउन सुरु गरेको छ ।
आज पहिलो दिनको बस्ती खाली गराउने काम शान्तिपूर्ण भएको प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)का राजनीतिक सल्लाहकार असिम शाहले जनाएका छन् ।
सल्लाहकार शाहले फेसबुकमा लेखेका छन्, “काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्क अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन,उक्त क्षेत्रमा बसोबास गरिरहेकाहरूले पनि सरकारको यस कदममा सहयोग गरेपछि थापाथलीमा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा बस्ती खाली गरिएको छ।”
• हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ।
• सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशाला पुर्याएर उनीहरूको विवरण सङ्कलन गरी काठमाडौँका विभिन्न होटलहरूमा राख्ने तयारी छ।
होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य भोलिबाटै सुरु गरिनेछ।
• वास्तविक सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राखिनेछ,त्यसलगत्तै उनीहरूको दीर्घकालीन व्यवस्थापनको काम सुरु गरिनेछ।






