अफगानिस्तानमा घरको छत खस्दा ५ जनाको मृत्यु

एजेन्सी, १२ बैशाख । पश्चिमी अफगानिस्तानको बदघिस प्रान्तमा आज घरको छत खस्दा एउटै परिवारका ५ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रान्तीय राजधानी काला–ए–नवमा भएको घटनाको पुष्टि गर्दै प्रहरीले विज्ञप्ति जारी गरेको छ । पीडितहरूमा ४ बालबालिका र एक महिला रहेको जनाइउको छ भने परिवारका थप दुई सदस्यहरू घाइते भएका छन् ।

यस अघि बुधबार पूर्वी वर्दक प्रान्तमा भएको यस्तै घटनामा दुई जनाको मृत्यु भएको थियो ।

युद्ध पछिको अफगानिस्तानका मानिसहरू प्रायः माटोका घरहरूमा बस्छन्, जुन वर्षा र बाढी लगायत प्राकृतिक प्रकोपहरूको जोखिममा छन् । अफगानिस्तानका केही भागहरूमा विगत केही दिनदेखि भारी वर्षा र बाढीको सामना गरि रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्