रास्वपा सांसद विश्वराज पोखरेलले मागे माफी

ओखलढुंगा, १२ बैशाख । प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद भिडियोप्रति क्षमायाचना गरेका छन् ।

शनिबार जारी प्रेस विज्ञप्तिमार्फत उनले घटनाको पूर्ण सन्दर्भ नबुझी आंशिक दृश्य मात्र सार्वजनिक हुँदा वास्तविकता त्यस्तो नभएको बताएका छन् ।

पोखरेल वैशाख ९ गते खिजिदेम्बा गाउँपालिका–२ रानीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा जिल्लावासीसँग भेटघाट, अन्तर्क्रिया तथा स्थानीय अवस्था बुझ्ने उद्देश्यले पुगेका थिए । उक्त क्रममा आफू विद्यालय पुग्दा प्रधानाध्यापक गेटसम्म स्वागत गर्न नआएको भन्दै उनले आक्रोश व्यक्त गरेको भिडियो सार्वजनिक भएपछि उनको व्यापक आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । नेपालगन्जमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज हवाईफायर गरी तीन लागुऔषध ‘कारोबारी’लाई पक्राउ

काठमाडौँ, १२ बैशाख । धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अन्सुअर मृत्यु हुनेमा महोत्तरीको

सुर्खेत, १२ बैशाख । सुर्खेतमा दुई थान भरूवा बन्दुक बरामद भएको छ । बराहताल गाउँपालिका–१ ज्यामिरे खोलाबाट भरूवा बन्दुक २

पर्वत, १२ बैशाख । पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ चट्याङ लागेर