रेखा थापाको फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति घोषणा

काठमाडौँ, १२ बैशाख । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म हरितालिका तीजको अवसरमा २६ भदौदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

निर्माता र वितरकबीच प्रदर्शन मितिलाई लिएर सम्झौता भएको जनाइएको छ । यो फिल्मलाई रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।

यो फिल्मबाट अभिनेत्री समेत रहेकी थापा ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन् । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’को निर्देशन गरेकी थापाको यो तेस्रो निर्देशकीय फिल्म हो ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसहित पूर्व मिस नेपालद्धय सृष्टि श्रेष्ठ, र नम्रता श्रेष्ठ, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । नेकपा (एमाले)को महासचिव शंकर पोखरेलले सुकुम्बासीहरुलाई मानवीय व्यवहारका साथ अविलम्ब न्याचोति समाधान दिनुपर्ने बताएका छन् ।

काठमाडौँ, १२ बैशाख । सशस्त्र प्रहरीमा प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।  बढुवा

काठमाडौँ, १२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै सामाजिक सद्भाव र सुसंस्कृत

काठमाडौँ, १२ बैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक समाजमा लैङ्गिक समानता, नारी स्वतन्त्रता र आत्मनिर्भरता प्रवर्द्धन गर्न सीताको जीवन उत्तिकै