सीता जयन्तीले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्छ: राष्ट्रपति पौडेल

काठमाडौँ, १२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै सामाजिक सद्भाव र सुसंस्कृत समाजको निर्माण गर्नका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस्’ भनी कामना गरेका छन् ।

राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवसको अवसरमा आज सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्दै जगत् जननीको रूपमा पूजा अर्चना गरिने मातृ शक्ति सीता मिथिला भूमि नेपालकी सुपुत्री हुनु हामी नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरेका छन् ।

माता सीतालाई पतिव्रता, धैर्यता, सहनशीलता र उदारताकी प्रतिमूर्तिको रूपमा लिइन्छ । मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीको रूपमा माता सीताको श्रद्धा गरिन्छ । जानकी, वैदेही, जनक नन्दिनीलगायत सीताका अन्य धेरै नामलाई श्रद्धाभक्तिपूर्वक लिँदै आज सीता जयन्तीका अवसरमा देशभरका राम जानकी मन्दिरमा र जनकपुरको जानकी मन्दिरमा विशेष पूजा अर्चना गरी यो पर्व मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

ओखलढुंगा, १२ बैशाख । प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद भिडियोप्रति क्षमायाचना गरेका छन् । शनिबार

काठमाडौँ, १२ बैशाख । प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री महाविर पुनले जनताको मतबाट निर्वाचित सांसद जनताको नोकर भएको उल्लेख गर्दै स्वागत

काठमाडौँ, १२ बैशाख । सशस्त्र प्रहरीमा प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।  बढुवा

काठमाडौँ, १२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै सामाजिक सद्भाव र सुसंस्कृत