काठमाडौँ, ११ बैशाख । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ ।
प्रहरीका अनुसार गएराति चन्द्रनगर गाउँपालिका-३ वरकुर्वा बस्ने रामबाबु साहको घरमा मध्यरातमा छिरेका चोरले सुनचाँदीका गरगहना र नगद गरी करिब २२ लाख ७० हजार रूपैयाँ बराबरको सम्पत्ति चोरी गरेका हुन् ।
साहको परिवार सुतिरहेको मौका छोपेर घरभित्र प्रवेश गरेका चोरले बहुमूल्य गहना र नगद चोरी गरेको प्रहरीले जनाएको छ। चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेको र उनीहरूको पहिचान खुल्न सकेको छैन ।
प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाउनुका साथै फरार व्यक्तिहरूको खोजीका लागि विभिन्न नाका र सम्भावित स्थानहरूमा प्रहरी परिचालन गरेको छ ।






