एमालेले ऐन महरलाई बनायो प्रमुख सचेतक

काठमाडौँ, ११ बैशाख । नेकपा (एमाले)ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐन बहादुर महरलाई मनोनयन गरेको छ। 

एमाले संसदीय दलका नेता राम बहादुर थापा मगरले सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम महरलाई शुक्रबारदेखि लागू हुने गरी उक्त जिम्मेवारी सुम्पिएका हुन् । यसैगरी एमालेले सचेतकको जिम्मेवारी निता घतानीलाई दिएको छ । 

संसदीय दलको नेताद्वारा जारी पत्रमा महरले प्रमुख सचेतकको रूपमा आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार गएराति चन्द्रनगर गाउँपालिका-३

काठमाडौँ, ११ बैशाख । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार लागूऔषध कारोबारीलाई समाउने क्रममा

काठमाडौँ, ११ बैशाख । पोखराबाट ठुलो मात्रामा नगद र ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । कास्की जिल्ला प्रहरी

काठमाडौँ, ११ बैशाख । सुर्खेतको बराहताल गाउँपालिका-४, को तरङ्गाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय