परिवर्तित व्यवस्थालाई जनमुखी बनाउन अध्यक्ष यादवको  आग्रह

काठमाडौँ, ११ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनमुखी शासन व्यवस्थाको आवश्यकता रहेको बताएका छन् ।

आज लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष यादवले २०६२/०६३ को जनआन्दोलनले निरङ्कुश शासनको अन्त्य गर्दै जनतालाई सार्वभौम बनाएको स्मरण गरे ।

यस दिनलाई नेपाली राजनीतिक इतिहासको गौरवशाली प्रारम्भ बिन्दुका रूपमा व्याख्या गर्दै उनले नागरिक स्वतन्त्रता, न्याय र समानताको सुनिश्चितता सहित प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखे ।

उनले परिवर्तित व्यवस्थालाई जनमुखी बनाउनुपर्ने बताएका छन् । उनले सुशासन र समृद्धिको दिशामा अघि बढ्नु आजको मुख्य राजनीतिक दायित्व भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को वैशाख २, ८ र १० गते बसेको

दाङ, ११ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने र संघीयताको सुदृढीकरणलाई

काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसको संसदीय दलको नेताको आज हुने भनिएको निर्वाचन स्थगित भएको छ  । अब कहिले हुने

काठमाडौँ, ११ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनमुखी शासन व्यवस्थाको आवश्यकता रहेको