थापाथलीमा सुकुम्वासी र ‘जेनजी’को प्रदर्शन

काठमाडौँ, ११ बैशाख । काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्तीमा प्रदर्शन गरिएको छ ।

आज बिहान त्यहाँका स्थानीय र ‘जेनजी’ अभियन्ताले प्रदर्शन गरेका हुन् । सरकारले विकल्प नदिई हतारमा बस्ती खाली गराउन लागेको भन्दै उनीहरूले नाराबाजी गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतृत्वविरुद्ध नारा लगाएका छन् । विभिन्न नारा लेखिएका प्लेकार्ड पनि उनीहरूले प्रदर्शन गरेका छन् ।

उनीहरूले रास्वपाका सभापति रवि लामिछानेलक्षित ‘छाती थाप्न आऊ’ भन्दै पनि नाराबाजी गरेका छन् । कतिपय सुकुम्वासीले भने आफ्ना घरटहराबाट सामान निकालेर अन्यत्रै लगिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, ११ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने र संघीयताको सुदृढीकरणलाई

काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसको संसदीय दलको नेताको आज हुने भनिएको निर्वाचन स्थगित भएको छ  । अब कहिले हुने

काठमाडौँ, ११ बैशाख । नेकपा (एमाले)ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐन बहादुर महरलाई मनोनयन गरेको छ।  एमाले संसदीय दलका नेता

काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसले अदालतले एउटा निर्णय दिए पनि सुकुम्वासीका विषयमा राज्यले बल प्रयोग गर्न र मुठभेड निम्त्याउन नमिल्ने