युद्धविराम थप तीन हप्ताका लागि लम्बियो

एजेन्सी, ११ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा लेबनान र इजरायलबिचको युद्धविराम थप तीन हप्ताका लागि लम्बिएको छ ।

ह्वाइट हाउसको ओभल अफिसमा दुवै देशका राजदूतहरूसँगको उच्चस्तरीय वार्तापछि ट्रम्पले यो युद्धविरामको अवधि बढाउने सहमति भएको घोषणा गरेका हुन् । 

इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको ज्यान गएको भोलिपल्टै भएको यो वार्तालाई पश्चिम एसियामा तनाव कम गर्ने महत्त्वपूर्ण कडीको रूपमा हेरिएको छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा बैठक निकै सकारात्मक रहेको उल्लेख गर्दै अमेरिकाले लेबनानलाई हिजबुल्लाहबाट जोगिन मद्दत गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

यो वार्तामा वासिङ्टनका लागि इजरायली राजदूत येचिएल लेइटर र लेबनानी राजदूत नादा मोवाड सहभागी थिए । बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो र लेबनान तथा इजरायलका लागि नियुक्त अमेरिकी राजदूतहरूको पनि उपस्थिति थियो । 

ट्रम्पले आगामी दिनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र लेबनानी राष्ट्रपति जोसेफ आउनलाई ह्वाइट हाउसमै स्वागत गर्न आफू आतुर रहेको बताएका छन्। उनले यी दुई देशबिच यसै वर्ष स्थायी शान्ति सम्झौता हुने बलियो सम्भावना रहेको दाबी गर्दै लेबनानलाई फेरि महान् बनाउन अमेरिकाले सहयोग गर्ने वाचा गरे।

युद्धविराम लम्बिए पनि लेबनानको दक्षिणी क्षेत्रमा भने तनाव कायमै छ। इजरायली सेनाले त्यहाँ बफर जोन बनाएर कब्जा जमाएको छ भने छिटपुट आक्रमणका घटनाहरू भइरहेका छन्। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । तनुहँको शेराफाँट भन्ने ठाउँमा बस दुर्घटना भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार, अहिले दुर्घटनाग्रस्त गाडीमा

काठमाडौँ, ११ बैशाख । पोखराबाट ठुलो मात्रामा नगद र ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । कास्की जिल्ला प्रहरी

काठमाडौँ, ११ बैशाख । पछिल्लो २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

काठमाडौँ, ११ बैशाख । चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत, खैरहनीदेखि भण्डारातर्फ