काठमाडौँ, १० बैशाख । नेपाली कांग्रेस संसदीय दलको विधान पारित गरिएको छ ।
आज बसेको संसदीय दलको बैठकबाट विधान पारित गरिएको हो । विधान पारित भएसँगै अनुमोदनका निम्ति पार्टी कार्यालयमा पत्राचार गरिएको सांसद बासना थापाले जानकारी दिइन् ।
उनले भनिन्, “अनुमोदनका लागि आज पत्राचार भएको छ । निर्वाचन प्रक्रिया त हामीले सुरु गरिसक्यौँ,” “मतदाताको अन्तिम नामावली पनि प्रकाशन गरिसक्यौँ, सर्वसम्मतिको प्रयास भइरहेको छ । कतिजना उमेदवार हुन्छन्, त्यसपछि कुरा हुन्छ ।”





