वीरगञ्जबाट ७९ अर्ब ५४ करोडको सामान निर्यात

पर्सा, १० बैशाख । वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रू ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रू १० अर्ब १९ करोड अर्थात १५ प्रतिशत बढी आयात भएको हो । गत आवको नौ महिनामा भने रू ६९ अर्ब ३५ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । कार्यालयका अनुसार चालु आवमा यो नाका हुँदै १५ प्रतिशत निर्यात बढेको हो ।

यो नाका हुँदै चालु आवको नौ महिनामा रू ४३ अर्ब ६१ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । जबकी गत आवको सोही अवधिमा भने रू ३६ अर्ब ६२ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको थियो । चालु आवको नौ महिनामा पाँच अर्ब ८४ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ भने गत आवको सोही अवधिमा भने रू पाँच अर्ब ७७ करोड मूल्य बराबरको निर्यात भएको थियो ।

त्यस्तै चालु आवको नौ महिनामा पाँच अर्ब २४ करोड मूल्यको प्रशोधित पाम तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने ५९ करोड मूल्यको मात्रै भएको थियो । चालु आवको नौ महिनामा रू पाँच अर्ब पाँच करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भयो भने गत आवको सोही अवधिमा भने छ अर्ब ६१ करोड मूल्यको भएको थियो ।

चालु आवको नौ महिनामा रू दुई अर्ब ६९ करोड मूल्यको विभिन्न किसिमका कपडाहरु निर्यात भयो । त्यस्तै चालु आवको नौ महिनामा एक अर्ब ९४ करोड मूल्य पर्ने सिन्थेटिक यार्न निर्यात भएको वीरगञ्ज भन्सारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित

काठमाडौँ, १० बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिनाले सरकारी विज्ञापनलाई नियमन र थप व्यवस्थित गरिने प्रतिबद्धता

काठमाडौँ, १० बैशाख । नेकपा एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको नयाँ नियमावलीको प्रस्तावित मस्यौदामा रहेका कतिपय

काठमाडौँ, १० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा संशोधन प्रकरणको मुद्दा स्थगित गरिएको छ ।  उक्त मुद्दामा