भदौ २३ र २४ गतेको घटनाबारे जनतालाई बुझाउन सकेनौँ : शङ्कर पोखरेल

काठमाडौँ, ९ बैशाख । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले फागुन २१ को निर्वाचनमा आफ्नो पार्टीले गत भदौ २३ र २४ प्रतिगामी घटनाबारे जनतालाई बुझाउन नसक्नु कमजोरी भएको बताएका छन् । 

आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगामी घटनाबारे जनतालाई बुझाउन नसक्दा निर्वाचनमा धक्का खान परेको बताए । 

उनले भने, ‘आम निर्वाचन २०८२ मा पार्टीले अनपेक्षित परिणाम बेहोर्नुपरेको छ । त्यसका पछाडि भदौ २३ र २४ को घटनाले नेपालको कम्युनिस्ट आन्दोलनमात्र होइन, लोकतान्त्रिक आन्दोलन, संविधान र नेपालको सम्प्रभुतामाथि नै गम्भीर चुनौतीहरू खडा गरेको छ’, ‘सोही कारण हामीले पार्टीका तर्फबाट त्यो घटना अग्रगमनतर्फको बाटो होइन, प्रतिगमनतर्फको बाटो भएकाले प्रतिनिधि सभा पुनर्स्थापनाको मान्यता अघि सार्‍यौँ ।’

पोखरेलले भदौ २३र २४ को दोस्रो भाग फागुन २१ को चुनाव भएको पनि दाबी गरे । ‘भदौ २३ र २४ को घटनाको भाग २ फागुन २१ को चुनाव हो’ पोखरेलले भने, ‘चुनावी परिणाम यस्तो आउनुमा भदौ २३ र २४ को घटनाबारे जनतालाई बुझाउन नसेको हो ।’ 

महासचिव पोखरेलले तर यो सच्चाइलाई एमालेबाहेक कसैले आत्मसात् गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक