लेबनानमा इजरायली आक्रमण जारी

एजेन्सी, ९ बैशाख । युद्वविरामको वावजुत दक्षिणी लेबनानका निभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ ।

आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरहरूलाई लक्षित गरी भएको जनाइएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले खियाम सहरको अल जल्लाहिया क्षेत्रमा आगोको मुस्लो र चर्को आवाजमा इजरायली सेनाले विस्फोट गराएकोको जनाएको छ ।

इजरायली सेनाले बेइट लाइफ सहरमा इजरायलले आक्रमण गरी सहरका घरहरू नष्ट गरेको जनाइएको छ ।लेबनानको विपद् जोखिम व्यवस्थापन विभागले आक्रमणका कारण दुई हजार ४५४ को मृत्यु हुनुका साथै सात हजार ६५८ जना घाइते भएको जनाएको छ । यसै गरी विभागले ३० हजार ८१५ परिवारका एक लाख १८ हजार ६२४ जना मानिसहरु आक्रमणका कारण विस्थापित भई आश्रयमा रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ बैशाख । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले फागुन २१ को निर्वाचनमा आफ्नो पार्टीले गत भदौ २३ र २४

काठमाडौँ, ९ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल बनाउने प्रक्रियालाई

काठमाडौँ, ९ बैशाख । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा

काठमाडौँ, ९ बैशाख । मेडिकल व्यवसायी तथा दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा