नेपाल राष्ट्र बैंकले ४० अर्ब तरलता खिच्दै

काठमाडौँ, ९ बैशाख । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । 

राष्ट्र बैंकले १६८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आजै हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ । 

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसको साँवा र ब्याज भुक्तानी भने आगामी असोज २१ गते हुने बताइएको छ । 

साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । मंगलबार साँझ भिडिओ वक्तव्य

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।  पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। मङ्गलवारबाट अर्थ मन्त्रालयले सुरु

काठमाडौँ, १३ साउन । सङ्घीय संसद्अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार सङ्घीयता