विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने

काठमाडौँ, ९ बैशाख । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने विद्युतीय गाडीको भाडा वृद्धि नभएको जनाएको छ । 

विभागले सूचना निकालेर इन्धनको भाउ बढेपछि हालै गरिएको भाडा समायोजन डिजेल इन्जिन भएका गाडीहरूमा मात्र लागु हुने जनाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि विभागले गएको चैत २५ मा स्वचालित भाडा समायोजन प्रणालीअनुसार अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढाएको थियो । 

तर, केही विद्युतीय गाडीले पनि बढेको भाडा लिइरहेको र यात्रुलाई अनिवार्य रूपमा दिनुपर्ने टिकट नदिएको गुनासो आएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडैलले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयले वैशाख १७ गते

काठमाडौँ, ९ बैशाख । गृह मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफैसँग राख्ने भएका छन् । गृहमन्त्री सुधन

काठमाडौँ, ९ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल बनाउने प्रक्रियालाई

काठमाडौँ, ९ बैशाख । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा