ट्रम्पद्वारा इरानसँगको युद्धविराम लम्ब्याउने घोषणा

एजेन्सी, ९ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविरामलाई लम्ब्याउने बताएका छन् । युद्धविरामलाई लम्ब्याए पनि इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी भने जारी राख्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले इरानको सरकार गम्भीर रूपमा विभाजित भएको उल्लेख गरेका छन् । उनले भने, ‘पाकिस्तानका फिल्ड मार्शल असिम मुनिर र प्रधानमन्त्री शहबाज सरिफको अनुरोधमा, हामीलाई इरानमाथिको हाम्रो आक्रमण तबसम्म रोक्न आग्रह गरिएको छ, जबसम्म त्यहाँका नेताहरू र प्रतिनिधिहरूले एक एकीकृत प्रस्ताव ल्याउन सक्दैनन् ।’

उनले लेखेका छन्,  ‘त्यसैले, मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयारी र सक्षम अवस्थामा रहन निर्देशन दिएको छु। इरानले प्रस्ताव पेस गरी छलफल कुनै न कुनै रूपमा टुङ्गोमा नपुगेसम्म युद्धविराम विस्तार गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडैलले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयले वैशाख १७ गते

काठमाडौँ, ९ बैशाख । गृह मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफैसँग राख्ने भएका छन् । गृहमन्त्री सुधन

काठमाडौँ, ९ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल बनाउने प्रक्रियालाई

काठमाडौँ, ९ बैशाख । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा