अमेरिकी सहायक विदेशमन्त्री र अर्थमन्त्री वाग्लेबीच भेटवार्ता

काठमाडौँ, ८ बैशाख । अर्थमन्त्री स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एस पउल कपुरबीच भेटवार्ता भएको छ । 

आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय हित, लगानी प्रवर्द्धन र साझेदारीका क्षेत्रमा छलफल भएको बताइएको छ । 

उक्त छलफलमा अमेरिकी लगानीकर्ताको लगानी सुरक्षित गर्ने, लगानीका वातावरण बनाउन कानुन सुधार गर्ने विषयमा मन्त्री वाग्लेले जानकारी गराएका थिए। अमेरिकी सहायक विदेशमन्त्री कपुरले अमेरिकी सरकारले नेपालको सुधार योजनालाई नियालीरहेको बताएका छन् । 

अमेरिकी अन्तर्राष्ट्रिय विकास तथा वित्तीय सहकार्य जस्ता संस्थाहरूसँगको साझेदारीमा दुवै मुलुकले लाभ लिन सक्ने कपुरले उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक