लुम्बिनी प्रदेशसभाद्वारा दलित अधिकार सम्बन्धी विधेयक पारित

काठमाडौँ, ८ बैशाख । लुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।

प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १४औँ बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफलसहित पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । 

बैठकमा सभामुख तुलाराम घर्तिमगरले उक्त विधेयक छलफलसहित सर्वसम्मत रूपमा पारित भएको जानकारी गराए । प्रदेशसभाको मंगलबारको बैठकमा सदस्यहरूले विभिन्न समसामयिक विषय उठाएका छन् । 

प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले जनताको संरक्षण गर्ने राज्यले जनतालाई दुःख दिन नहुने बताउँदै योजना कार्यान्वयन र फरफारक प्रक्रियालाई सहज बनाउनुपर्ने माग राखे । प्रदेशसभा सदस्य शान्ति लोदले रुपन्देहीको मायादेवी क्षेत्रमा नागरिकताको समस्या समाधान गर्न माग गरिन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । नेपाल राष्ट्र बैंकले आज शनिबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ११ बैशाख । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा एक घरबाट लाखौँको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार गएराति चन्द्रनगर गाउँपालिका-३

काठमाडौँ, ११ बैशाख । नेपाल राष्ट्र बैंकले बजारबाट १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।

काठमाडौँ, ११ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २२ सय रुपैयाँले