काठमाडौं, ८ पौष । जापानको नेपाली होटलमा आगलागी हुँदा ६ जना नेपालीहरु घाइते भएको छन् ।
आइतबार राती साडे १२ देखि जापानको तोचिगी केन, तोचिगी स्थित पहिलो तलामा रहेको सो रेष्टुरेन्टमा आगलागी सुरु भएको थियो ।
घाइतेहरुमा २ महिलासहित अन्य घाइतेहरुको अनुहार जलेको र २९ बर्षिय एक पुरुषको अवस्था गम्भिर रहेको बताइएको छ ।
विहानमात्र आगो नियन्त्रणमा आएको र प्रहरीको प्रारम्भिक अनुसन्धानमा कुनै बिस्फोटका कारण आगलागी भएको हुनसक्ने अनुमान गरेको जनाएको छ ।






