राष्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ, ७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि नवनियुक्त चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

आज राष्ट्रपति भवन महाराजगञ्जमा आयोजित छुट्टाछुट्टै विशेष समारोहका बीच नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

प्रमाणपत्र पेश गर्नेहरूमा गाम्बियाका राजदूत मुस्ताफा जवारा , क्यानडाका राजदूत क्रिस्टोफर कुटर, स्लोभेनियाका राजदूत टोमाज मेन्सिन र अल्जेरियाका राजदूत अब्देनोउर खेलिफी रहेका छन् । यी सबै गैरआवासीय राजदूतहरू हुन् ।

उक्त विशेष समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। ओहोदाको प्रमाणपत्र पेश गर्नुअघि नवनियुक्त राजदूतहरूलाई परम्परागत सम्मान स्वरूप लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ९ बैशाख । रुसको तेल युरोप पुर्‍याउने क्षतिग्रस्त ड्रुज्बा पाइपलाइनको मर्मत भइसकेको युक्रेनले बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले

एजेन्सी, ९ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविरामलाई लम्ब्याउने बताएका छन् । युद्धविरामलाई लम्ब्याए पनि इरानी बन्दरगाहहरूमाथिको

एजेन्सी, ८ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि व्यापक बमबारी सुरु हुने चेतावनी दिएका

एजेन्सी, ८ बैशाख । इरानी कार्गो जहाजलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको घटनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ ।  चिनियाँ