नेकपा स्थायी समिति बैठकमा प्रतिवेदनमाथिको छलफल सकियो

काठमाडौँ, ८ पौष । नेपाल कम्युनिष्ट पार्टी स्थायी समितिको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेका रा जनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ ।

आईतबार बिहान पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी  स्थायी समितिको बैठकमा नेता प्रदीप ज्ञवालीले पनि आफ्नो विचार राखेपछि  राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको हो । छलफलमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिन अध्यक्षद्धयको कार्यव्यस्तताका कारण अपरान्ह ४ बजे पुनः बैठक बोलाइएको छ ।

अपरान्ह पुनः बस्ने स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र दाहालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि प्रस्तुत राजनीतिक प्रतिवेदन पारित हुने वा परिमार्जन गर्ने भन्ने विषयमा टुंगो लाग्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । प्रहरीले झापाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट लागुऔषध खैरो हेरोइन लिएर आउँदै

काठमाडौँ, ११ कार्तिक । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ

काठमाडौँ, ११ कार्तिक । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३को तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया थारूको मृत्यु भएको छ ।

काठमाडौँ, ११ कार्तिक । ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदाताहरूलाई विशेष आग्रह गरेको छ।  दसैँको