प्रदेश खारेजीका लागि दुई तिहाई पुर्‍याउन सहयोग गर्छौं : नेता शाही

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन् ।

आज काठमाडौँमा पार्टीद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना खारेज गर्नका लागि सरकारलाई दुई तिहाई मत चाहिए आफ्नो पार्टीले साथ दिने बताए ।

उनले भने, ‘आज यो देशको प्रदेश संरचना खारेज गर्नुपर्छ भन्नेकुरा त हामीले संसदमा उभिएर नै भनिसक्यौं । तपाईंहरूको १८२ सिट आएको छ । प्रदेश संरचना खारेज गर्नुहुन्छ, हिन्दु, बुद्ध, किराँतसहितको सनातन हिन्दू अधिराज्य स्थापना गर्नुहुन्छ, ‘राजासहितको प्रजातन्त्रलाई अवलम्बन गर्नुहुन्छ, नेपालको संविधान संशोधन गर्न तपाईंलाई सिट पुगेन भने ५ वटा सिट हामी दिन्छौं । १८७ सिट पुग्छ, संविधान संशोधन गरौ भनेर हामीले घोषणा गरिसकेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल बनाउने प्रक्रियालाई

काठमाडौँ, ९ बैशाख । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा

काठमाडौँ, ९ बैशाख । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने बताएका छन् ।  नेपाल

काठमाडौँ, ९ बैशाख । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य