जापानमा शक्तिशाली भूकम्प

एजेन्सी, ७ बैशाख । जापानको उत्तरपूर्वी समुद्री तटमा आज शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

सुरुवाती रिपोर्टमा ७.३ म्याग्निच्युड मापन गरिएको यस भूकम्पलाई पछि जापानले ७.५ म्याग्निच्युडमा संशोधन गरेको छ। भूकम्पको केन्द्रविन्दु देशको पूर्वी भागमा पर्ने सान्रिकु तटमा १० किलोमिटर गहिराइमा रहेको थियो। जापानको आफ्नै भूकम्पीय मापन स्केल (० देखि ७ सम्म) मा यसलाई ‘५+’ रेकर्ड गरिएको छ।

भूकम्पलगत्तै देशको उत्तरपूर्वी तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ, जुन जापानको चेतावनी प्रणालीअनुसार दोस्रो उच्च स्तरको सतर्कता हो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्