गृहमन्त्रीबारे तत्काल स्पष्ट पार्न राजेन्द्र लिङ्देनको माग

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको साझेदारीबारे तत्काल स्पष्ट गर्न सरकारसँग माग गरेका छन् ।

आज पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष लिङदेनले सुशासनको कुरा गर्ने सरकारले गृहमन्त्रीबारे सञ्चारमाध्यममा आइरहेका विषयमा स्पष्ट पार्नुपर्ने बताए । उनले ‘स्टन्ट’का भरमा देश नचल्ने भन्दै सरकारको आलोचना समेत गरे ।

उनले भने, “सुशासनको कुरा गर्ने गृहमन्त्रीको बारेमा अहिले सञ्चारमाध्यममा जे आइराखेको छ, त्यसको बारेमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्छ । गृहमन्त्रीले आफ्नो पोसिजन क्लियर गर्नुपर्छ,” “पार्टी सभापतिले गृहमन्त्रीको बारेमा आफ्नो पोजिसन क्लियर गर्नुपर्छ ।”  “मैले अस्ति भर्खरै सञ्चारमाध्यममा हेरिराखेको थिएँ, सामाजिक सञ्जालमा हेरिराखेको छु । म लाइसेन्स नवीकरण गर्न गएको थिएँ, लाइसेन्स पाइनँ । तर, बाँडिराखेको छ भनेर स्टन्ट गरिएको छ । अब त्यस्तो स्टन्टले देश चल्दैन ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल बनाउने प्रक्रियालाई

काठमाडौँ, ९ बैशाख । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा

काठमाडौँ, ९ बैशाख । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने बताएका छन् ।  नेपाल

काठमाडौँ, ९ बैशाख । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य