अमेरिका र इरानबीचकाे वार्ता अनिश्चित

एजेन्सी, ७ बैशाख । इरानका सरकारी सञ्चारमाध्यमहरूले अमेरिकासँग हुने भनिएको वार्ता तत्कालका लागि नहुने सम्भावना देखिएको बताएका छन् ।

विशेषगरी इस्लामवादमा प्रस्तावित अर्को चरणको वार्तामा इरान सहभागी नहुने संकेत गरिएको छ । सरकारी टेलिभिजन आईआरआईबीले इरानी स्रोतहरूलाई उद्धृत गर्दै ‘अहिले अमेरिका–इरान वार्तामा सहभागी हुने कुनै योजना छैन’ भनेको छ । यसैबिच फार्स न्युज एजेन्सी र तास्निम न्युज एजेन्सीले पनि वार्ताको वातावरण सकारात्मक नभएको जनाएका छन् ।

उनीहरूका अनुसार अमेरिकाले लगाएको नाकाबन्दी हटाउनु नै वार्ताको प्रमुख सर्त हो । सरकारी समाचार संस्था आईआरएनएले पनि अमेरिकाको ‘अवास्तविक र अनुचित माग’ का कारण हालको अवस्थामा सार्थक वार्ताको सम्भावना नदेखिएको भनेको छ । 

रिपोर्टअनुसार पछिल्ला तनावहरू अझ बढेका छन् । विशेष गरी अमेरिकी सैन्य कारबाही र इरानी जहाज र बन्दरगाहमा नियन्त्रण सम्बन्धी घटनापछि परिस्थिति जटिल बनेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल बनाउने प्रक्रियालाई

काठमाडौँ, ९ बैशाख । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा

काठमाडौँ, ९ बैशाख । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने बताएका छन् ।  नेपाल

काठमाडौँ, ९ बैशाख । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य