गृहमन्त्रीसँग सम्बन्धित आरोपहरूमा उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ, ७ बैशाख । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा गृहमन्त्रीको पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुनसक्ने भन्दै छानबिनलाई निष्पक्ष र प्रभावरहित बनाउन वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

“नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ,” विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले यस विषयमा ढिलासुस्ती वा ढाकछोप गर्ने प्रयास गरिए त्यसले सुशासन र जनविश्वासमा गम्भीर आघात पुर्‍याउने चेतावनी दिँदै तत्काल उच्चस्तरीय छानबिन थाल्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल बनाउने प्रक्रियालाई

काठमाडौँ, ९ बैशाख । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा

काठमाडौँ, ९ बैशाख । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने बताएका छन् ।  नेपाल

काठमाडौँ, ९ बैशाख । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य