पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौँ, ७ बैशाख । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एक पत्रकार सम्मेलनमा उनले सरकारले कर्णाली प्रदेशलाई इन्धनमा विशेष सहुलियत दिनुपर्ने बताए ।

उनले भने,“कर्णालीमा विकट भूगोल भएकाले आफैँमा खर्चिलो छ । यहाँ बाह्य तथा आन्तरिक पर्यटकको यात्रा तथा आवागमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनको मूल्य वृद्धि गर्नु हुँदैन,” ।

उनले छिमेकी देश भारतले पनि इन्धनमा धेरै मूल्यवृद्धि नगरेको बताए । सरकारले नागरिकमाथि मूल्यवृद्धिको भार घटाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको सुदृढीकरण, सुशासन र जनमुखी शासन व्यवस्थाको आवश्यकता रहेको

काठमाडौँ, ११ बैशाख । नेपाली कांग्रेसले अदालतले एउटा निर्णय दिए पनि सुकुम्वासीका विषयमा राज्यले बल प्रयोग गर्न र मुठभेड निम्त्याउन नमिल्ने

काठमाडौँ, ११ बैशाख । नेपाल मेडिकल काउन्सिलले १७ चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ । आज काउन्सिलले एक सूचना जारी

काठमाडौँ, ११ बैशाख । काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्तीमा प्रदर्शन गरिएको छ । आज बिहान त्यहाँका स्थानीय र ‘जेनजी’ अभियन्ताले प्रदर्शन गरेका