अमेरिकी सेनाद्वारा इरानी पानीजहाज कब्जा

एजेन्सी, ७ बैशाख । अमेरिकी सेनाले इरानी पानीजहाजलाई कब्जामा लिएको छ ।

अमेरिकाले लगाएको नाकाबन्दी उल्लंघन गर्न खोज्ने उक्त पानीजहाजलाई अमेरिकी सेनाले गल्फ अफ ओमाननजिक गोली प्रहार गरी आफ्नो कब्जामा लिएको बताएको छ । 

अमेरिकी सेन्ट्रल कमान्डले इरानी झन्डावाल जहाज टुस्कालाई इरनी बन्दरगाहतर्फ अगाडि बढ्दै गर्दा नियन्त्रणमा लिएको बताएको छ ।

“टुस्का जहाजका चालकदलले पटकपटक दिइएको चेतावनी पालना नगरेपछि ६ घण्टाको अवधिभित्र अमेरिकी विध्वंशक जहाजले उसको इन्जिन रुम खाली गर्न निर्देशन दियो,” अमेरिकी सेन्ट्रल कमान्डले भनेको छ ।

नियन्त्रणमा लिइसकेपछि यसको इन्जिन रुममा धेरैपटक गोली प्रहार गरी यसलाई काम गर्न नसक्ने बनाएको सेन्ट्रल कमान्डले जनाएको छ ।

अमेरिकाले इरानी बन्दरगाहवरिपरि नाकाबन्दी सुरु गरेपछि अहिलेसम्म २५ वटा जहाजलाई फिर्ता पठाइसकिएको बताएको छ ।

यसैबीच सामाजिक सञ्जालमार्फत इरानी सेनाले यसको जवाफमा तुरुन्त कदम चाल्ने बताएको छ । इरानी सरकारी प्रसारक आईआरआईबीले यो घटनालाई राजमार्ग डकैतीको कार्यसँग तुलना गर्दै इरानी कमर्सियल जहाजलाई कब्जा गरेर युद्धविरामको उल्लंघन गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्