‘धुरन्धर २’ बन्यो विश्वकै तेस्रो सफल भारतीय फिल्म

काठमाडौँ, ७ बैशाख । फिल्म ‘धुरन्धर २’ ले बक्स अफिसमा विश्वव्यापी तहल्का मच्चाएको छ ।

प्रदर्शनको ३१ औँ दिनसम्म आइपुग्दा यस फिल्मले विश्वभरबाट १ हजार ७४८.९१ करोड भारु कमाउँदै नयाँ इतिहास रचेको हो।

यससँगै धुरन्धर २ ले अल्लु अर्जुनको ब्लकबस्टर फिल्म ‘पुष्पा २’ (१,७४२.१० करोड) लाई पछि पार्दै विश्वभर सबैभन्दा धेरै कमाउने तेस्रो भारतीय फिल्मको उपाधि हासिल गरेको छ ।

अब यो फिल्मभन्दा अगाडि आमिर खानको ‘दंगल’ (२०७० करोड) र प्रभासको ‘बाहुबली २’ (१,७८८.०६ करोड) मात्र रहेका छन्। फिल्मको अहिलेको रफ्तार हेर्दा यसले चाँडै नै ‘बाहुबली २’ को रेकर्डलाई समेत चुनौती दिने देखिएको छ ।

ट्रेड वेबसाइट सैकनिल्कका अनुसार रिलिजको पाँचौँ हप्तामा प्रवेश गर्दा फिल्मको कमाइमा केही गिरावट आए पनि सप्ताहान्तमा भने उत्साहजनक वृद्धि देखिएको छ। ३० औँ दिनमा २.७० करोड कमाएको फिल्मले ३१ औँ दिनमा ४.६५ करोडको नेट कलेक्सन गरेको छ। भारतमा मात्रै यसको कुल नेट कलेक्सन १,११०.४७ करोड पुगेको छ भने ग्रॉस कलेक्सन १,३२९.३१ करोड पुगिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज

काठमाडौँ, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै

काठमाडौँ, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । मङ्गलवारबाट अर्थ मन्त्रालयले

काठमाडौँ, १३ साउन । पार्टी नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा भएको निधनमा नेपाली कांग्रेसले ३ दिन शोक