काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ ।
गत चैत २० मा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा सबै विश्वविद्यालयका उपकुलपतिहरूले निर्णयमा हस्ताक्षर गरेका छन् ।
निर्णयत्रपत्रमा भनिएको छ,‘क्याम्पस तथा विश्वविद्यालयहरूको परीक्षाफल प्रकाशनलाई पूर्वानुमानयोग्य बनाउन विश्वविद्यालयका परीक्षा नियन्लण कार्यालयको नतिजा पोर्टल निर्माण गर्ने र परीक्षाफल प्रकाशन भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने व्यवस्था गर्ने निर्णय गरियो,’ ।
उच्चशिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरलाई प्रभावकारी कार्यान्वयनको लागि परिस्कृत गर्न विश्वविद्यालय अनुदान आयोगका सचिवको संयोजकत्वमा एक समिति गठन गर्ने र उक्त समितिले १५ दिनभित्र क्यालेन्डर पेश गर्ने निर्णय पनि भएको छ ।






