काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ ।
आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । ६ बुँदे विषयमा छलफलका लागि केन्द्रीय कार्यालय बनस्थलीमा सचिवालय बैठक बसेको थियो ।
यसअघि सङ्गठन विभागको बैठकले अधिवेशनको कार्यतालिका तय गरेको थियो ।





