श्रमदान देशको लागि गर्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन् । 

आज पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूले धरानबाट सुरु गरेको श्रमदान अहिले दार्चुला पुगेको पनि बताए । 

उनले भने, ‘श्रमदान देशको लागि गर्नुपर्छ । पहिला–पहिला पनि श्रमदान हुन्थ्यो तर कहिलेकाहीँ हुने गर्दथ्यो’, ‘तर प्रत्येक हप्ता श्रमदान गर्ने पहिलो अभियानकर्ता हुँजस्तो लाग्छ  ।’ ‘श्रमदानको अभियानमा को ठुलो,को सानो भन्दाभन्दै, एउटै ठुलो भाँडोमा भात पकाएर खान्छौ’, ‘ त्यसले हाम्रो समाजमा देखिएका विभेदको अन्त्य गर्छ ।’

उनले मलामीमा मात्रै भेट्ने समाज देश बनाउने काममा पनि भेट्नुपर्छ भन्ने मान्यताअनुसार श्रम संस्कृतिले श्रमदानको काम गरिरहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ७ बैशाख । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक

काठमाडौँ, ७ बैशाख । आज २०८३ साल वैशाख ७ गते सोमबारको राशिफल ।  मेष : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। आफन्तको