काठमाडौँ, ६ बैशाख । चर्चित टेलिभिजन शो कमेडी दरबार टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’ आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
निर्माण टिमले एक पोस्टर सार्वजनिक प्रदर्शन मिति बाहिर ल्याएको हो । पोस्टरमा फिल्मका मुख्य चार कलाकार अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी देखिएका छन् ।
फिल्मलाई बिक्की अगरवाल र श्रद्धा प्रसाईँले संयुक्त रूपमा निर्देशन गरेका हुन् भने अनीश बुढाथोकी सहायक निर्देशक हुन् । फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोग लगायतको अभिनय छ ।





