रोहित शेट्टीको घरमा गोली चलाउने पक्राउ

काठमाडौँ, ५ बैशाख । बलिउड सिनेमा निर्माता रोहित शेट्टीको घरमा गोली चलाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

यूपी स्पेशल टास्क फोर्स (एसटीएफ) र मुम्बई क्राइम ब्रान्चको संयुक्त टोलीले शेट्टीको जुहूस्थित घरमा भएको गोलीबारी घटनामा संलग्न भएको अरोपमा प्रदीपकुमार उर्फ गन्थलाई पक्राउ गरेको हो । 

प्रहरीले गन्थलाई आगराबाट पक्राउ गरेको जनाएको छ । उनी कुख्यात शुभम लोङकर गिरोहका सदस्य भएको बताइएको छ । सोधपुछको क्रममा उनले फेसबुक र इन्स्टाग्राममार्फत शुभम लोङकर गिरोहको सम्पर्कमा आएको बताएका छन् ।

प्रदीपले अन्डरवर्ल्डमा आफ्नो प्रभुत्व स्थापित गर्ने लक्ष्यका साथ आफ्ना सहयोगीहरू, सन्नी, दीपु र सोनुसँग मिलेर अपराध गरेको स्वीकार गरेका छन् । उक्त गोली काण्डमा हालसम्म नौजना पक्राउ परेका छन् । उक्त घटना १ फेब्रुअरी २०२६ को राति भएको थियो । मुम्बईको जुहू क्षेत्रको शेट्टी टावरमा अज्ञात आक्रमणकारीहरूले गोली चलाएका थिए । 

प्रहरी अनुसन्धानले यो आक्रमण शुभम लोङकर गिरोहले गरेको पत्ता लगाएको छ । आक्रमणकारीहरूको उद्देश्य सिनेमा उद्योगमा डर फैलाउनु र पैसा असुल्नु रहेको थियो । दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ बैशाख । चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत, खैरहनीदेखि भण्डारातर्फ

बर्दिया, ११ बैशाख । भारतीय सीमा नाका हुँदै आउँदै गरेका बर्दियाको बढैयाताल गाउँपालिका, गुलरिया, बाँसगढी नगरपालिका लगायत विभिन्न ठाउॅबाट १३

काठमाडौँ, ११ बैशाख । जुम्लाका आठ वटा स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएका छन्

काठमाडौँ, ११ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।