इन्डोनेसियामा हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु

एजेन्सी, ४ बैशाख । इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा हेलिकप्टर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

त्यहाका यातायात मन्त्रालयका अनुसार म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको हो ।

विमानमा एक जना मलेसियाली नागरिकसमेत सवार रहेको नागरिक उड्डयन महानिर्देशक लुकमान एफ. लाइसाले विज्ञप्ति मार्फत जनाएका छन् । सुचनाको आधारमा संयुक्त खोजी र उद्धार टोलीले विमान दुर्घटनास्थल पत्ता लगाएको उल्लेख गर्दै हेकिप्टरमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । काठमाडौँको टोखामा रहेको एक डेराबाट २ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, ४ बैशाख । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण हुने महिलाहरूको अकाल मृत्यु रोक्न आफूले

काठमाडौँ, ४ बैशाख । रोल्पामा लडेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका-६ सानो भुर्ती बस्ने बालाराम

काठमाडौँ, ४ बैशाख । अर्थ मन्त्रालयमा बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको अन्तर सरकारी वित्त परिषद्को बैठकले दोहोरो कर हटाउने निर्णय