टिकटकले नेपालबाट १९ लाखबढी भिडियो हटायो

काठमाडौँ, ४ बैशाख । टिकटकले सन् २०२५ अक्टोबर र डिसेम्बर दुई महिनामा नेपालबाट १९ लाख ३२ हजार बढी भिडियो हटाएको छ ।

चौथो त्रैमासिक (अक्टोबर–डिसेम्बर) अवधिको कम्युनिटी गाइडलाइन इन्फोर्समेन्ट रिपोर्टका अनुसार, नेपालमा मात्र टिकटकले १९ लाख ३२ हजार ५७५ वटा भिडियो हटाएको हो ।

सामग्री हटाउने दर ९९ दशमलव ९ प्रतिशत रहेकोमा ९८ दशमलव ४ प्रतिशत भिडियो २४ घण्टाभित्रै हटाइएको तथ्यांक सार्वजनिक गरिएको छ ।

विश्वव्यापी रूपमा हेर्दा, सोही अवधिमा टिकटकले १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटाएको छ । जुन कुल अपलोड सामग्रीको करिब ० दशमलव ५ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

हटाइएका सामग्रीमध्ये १५ करोड २५ लाख ८० हजार ९३३ भिडियो स्वचालित प्रविधिमार्फत पहिचान गरिएको थियो । यस्तै ८३ लाख ६० हजार ७८० भिडियो पुनरावलोकनपछि पुनःस्थापना गरिएको कम्पनीले जनाएको छ । समग्र सक्रिय हटाउने दर ९९ दशमलव १ प्रतिशत कायम रहेको छ ।

प्लेटफर्मको विश्वसनीयता कायम राख्न टिकटकले १४ करोड ७७ लाख १६ हजार ५१८ नक्कली खाता हटाएको छ । यसका साथै १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंकामा थप २ करोड ३८ लाख ७५ हजार ८७९ खातासमेत हटाइएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्