इरानसँगको युद्ध छिट्टै अन्त्य हुने ट्रम्पको दाबी

एजेन्सी, ४ बैशाख । लेबनान र इजरायलबिच १० दिने युद्धविराम बिहीबारदेखि लागू भएको छ ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको अर्को वार्ता यसै साताको अन्त्यमा हुन सक्ने बताउँदै इरानसँगको युद्ध पनि अन्त्यको नजिक पुगेको सङ्केत गरेका छन् । 

ट्रम्पका अनुसार इरान २० वर्षभन्दा बढी समयसम्म आणविक हतियार नराख्न सहमत भएको छ । गत सप्ताहन्तमा पाकिस्तानको इस्लामाबादमा भएको वार्तामा तेहरानको आणविक महत्त्वाकाङ्क्षा नै मुख्य एजेन्डा बनेको थियो ।

ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘अब के हुन्छ हामी हेर्छौँ । तर मलाई लाग्छ हामी इरानसँग सम्झौता गर्ने एकदमै नजिक छौँ ।’ त्यसको केही घण्टापछि नेभाडाको लस भेगासमा आयोजित एक कार्यक्रममा उनले युद्ध ‘निकै चाँडै अन्त्य हुनुपर्ने’ बताए । 

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणबाट सुरु भएको इरानसँगको युद्धमा हजारौँको ज्यान गइसकेको छ भने विश्वभर तेलको मूल्य अकासिएको छ । यसले अमेरिकी राष्ट्रपतिका लागि ठूलो राजनीतिक सङ्कट निम्त्याएको थियो । लेबनानको युद्धविरामले इरानसँगको बृहत् शान्ति सम्झौताको बाटो खुला गरेमा त्यो ट्रम्प प्रशासनका लागि ठूलो उपलब्धि हुनेछ । ट्रम्प प्रशासन हालसम्म रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको स्ट्रेट अफ होर्मुज खुलाउन र इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सङ्घर्षरत छ । बिहीबार मध्यरातमा युद्धविराम लागू हुँदा बेरुतका विभिन्न भागमा खुसियाली मनाउँदै हवाई फायर गरिएको थियो । तर यो शान्ति निकै कमजोर देखिएको छ । शुक्रबार बिहान लेबनानी सेनाले इजरायलले दक्षिण लेबनानका गाउँहरूमा गोलाबारी गरेर युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाएको छ । यद्यपि इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले एक्स (ट्विटर) मा पोस्ट गर्दै हिजबुल्लाहका लडाकुहरूको गतिविधिको जवाफमा सेना तैनाथ गरिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । प्रधानमन्त्री बालेन शाहले  मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान

काठमाडौँ, ४ बैशाख । संघीय संसद्का विषयगत समितिले नेतृत्व पाउने भएका छन् । प्रतिनिधिसभाका १० विषयगतसँगै राष्ट्रिय सभा र प्रतिनिधिसभाका २

काठमाडौँ, ४ बैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको विवरण लिएको छ । विभागले बिहीबारमात्रै

भक्तपुर, ३ वैशाख । संयुक्त राष्ट्रसंघले नेपालको प्रस्तावलाई अनुमोदन गर्दै घोषणा गरेको प्रथम ‘विश्व आरोग्य दिवस’ भक्तपुरमा विशेष कार्यक्रमका साथ