विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४०औँ स्थानमा एलओडी

काठमाडौँ, ३ बैशाख । काठमाडौँको ठमेलस्थित एलओडी क्लब सन् २०२६ का निम्ति विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४०औँ स्थानमा परेको छ ।

बेलायतस्थित प्रतिष्ठित म्यागजिन डिजे म्यागद्वारा सार्वजनिक ‘उत्कृष्ट १०० क्लब’को सूचीमा एलओडी ४०औँ स्थानमा परेको हो ।

हरेक वर्ष अन्तर्राष्ट्रियस्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई डिजे म्यागले उत्कृष्टको सूची प्रकाशन गर्दै आएको छ । यो वर्षको प्रतिस्पर्धामा विश्वभरबाट ५०० भन्दा बढी क्लब सहभागी थिए ।

एलओडीका निर्देशक भुपेन कुँवरले यो उपलब्धिलाई मुलुककै निम्ति गौरवको विषयका रूपमा व्याख्या गरे । ‘‘एलओडीको यो पहिचान केवल क्लबको सफलतामा मात्र सीमित छैन, यसले नेपाललाई विश्वसंगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि दिएको छ,’’ उनले भने ।

उनले अगाडि भने, ‘‘टप १०० क्लबको सूचीमा ४०औँ स्थानमा पुग्नु रात्रिकालीन जीवनशैली तथा पर्यटन प्रवद्र्धनका लागि उल्लेखनीय उपलब्धि हो । यसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्नेछ ।’’

एलओडी विश्वका उत्कृष्ट क्लबमध्ये सन् २०२५ मा ४४औँ स्थानमा थियो । क्लब सन् २०२२ मा ५२औँ, २०२३ मा ४९औँ र २०२४ मा ५०औँ स्थानमा थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । सभामुख डोलप्रसाद अर्यालले संसदीय गतिविधि र सार्वजनिक पहुँचलाई सरल एवं पारदर्शी बनाउन आफू प्रतिबद्ध रहेको बताएका

काठमाडौँ, ४ बैशाख । प्रधानमन्त्री बालेन शाहले  मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान

काठमाडौँ, ४ बैशाख । संघीय संसद्का विषयगत समितिले नेतृत्व पाउने भएका छन् । प्रतिनिधिसभाका १० विषयगतसँगै राष्ट्रिय सभा र प्रतिनिधिसभाका २

काठमाडौँ, ४ बैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको विवरण लिएको छ । विभागले बिहीबारमात्रै