एजेन्सी, ३ बैशाख । टर्कीको मध्य क्षेत्रमा रहेको एक माध्यमिक विद्यालयमा बुधबार एक जना विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ९ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।
काहरामनमारसका गभर्नर मुकेरेम अनलुरका अनुसार घाइतेमध्ये चार जनाको शल्यक्रिया भइरहेको छ । मृतकमध्ये एक जना शिक्षक हुन् ।
घटनापछि आक्रमणकारीले आफैँलाई गोली हानेर आत्महत्या गरेको गभर्नर मुकेरेम अनलुरले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । विद्यालयमा भएको यो लगातार दोस्रो दिनको गोलीकाण्ड हो ।





