‘एक मुठ्ठी बादल’को पोस्टर सार्वजनिक

काठमाडौँ, २ बैशाख । चलचित्र ‘एक मुठ्ठी बादल’को पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरले चलचित्रभित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चलचित्रको कथा पारिवारिक कथामा केन्द्रित रहेको संकेत गरेको छ । 
 
पोस्टरको केन्द्रमा आँचल शर्मालाई देख्न सकिन्छ । उनको वरिपरि परिवारका सदस्यहरू बसेका छन् । घरभित्र रहेका उनीहरूको लवाइले कसैलाई स्वागत गर्न पर्खेझैँ देखिन्छ । यो पोस्टरले त्यो क्षण समात्छ, जब पाहुनाहरू आउनुअघि सबैजना तयार भएर बसिरहेका हुन्छन् । तर, पाहुनाहरूले घरभित्र पस्दा, उनीहरूले घर मात्र होइन, घरभित्र पनि मौनता पनि देख्छन् ।

पोस्टरको अग्र भागमा वरिष्ठ कलाकार निशा शर्मा र शेखर चापागाईं छन् । पछाडिको भागमा सहयोग अधिकारी, गौरव विष्ट र अस्मिता गौतम उभिएका छन् । उनीहरूको बसाइले तीनैजना परिवारको हिस्सा नभएको संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्